२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अर्थ मन्त्रालयले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ती सबैको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने भएको छ । अर्थ मन्त्रालयले चार सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन गर्न आशयपत्र माग गरेको छ।
अर्थले बुटवल धागो कारखाना लिमिटेड ,नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि र जनकपुर चुरोट कारखाना लिमिटेडको डीडीए गर्न परामर्शदाता छनोटका लागि आशयपत्र माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
अर्थले योग्य परामर्शदाता कम्पनीबाट उक्त चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक तथा कानुनी पक्ष अध्ययन गरेर डीडीए गर्न आशयपत्र माग गरेको जानकारी दिएको छ ।
प्रतिस्पर्धाका आधारमा परामर्शदाता छनोट गरिने भएको छ भने डीडीए गर्दा उद्योगका चल–अचल सम्पत्ति र ब्रान्डको छुटाछुटै मूल्यांकन गरिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij