२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले करिब ४ अर्ब रुपैयाँ व्यापार भित्र्याएको छ।
सार्वजनिक तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले जेठमा मात्र कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरेर कुल ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
जेठमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, यो कम्पनीले एक महिनामा ४६ करोड २२ लाख रुपैयाँको कारोबार गरेको छ। त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
अन्य कम्पनीहरूमा आईजीआई प्रुडेन्सियलले ३६ करोड ९९ लाख, युनाइटेड अजोडले ३२ करोड ६० लाख, शिखर इन्स्योरेन्सले ४० करोड ९० लाख, एनएलजीले ३१ करोड ९० लाख र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ।
त्यस्तै राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख, प्रभु इन्स्योरेन्सले १४ करोड ४९ लाख तथा नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख, नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख र नेपाल इन्स्योरेन्सले १५ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij