२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस-एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताएका छन् । दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताएका छन् ।
सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ फरक दल भएकाले देखिने गरेको बताएका छन् भने फरक दलबिच सत्ता सहकार्य गरेको समयमा धारणा फरक–फरक देखिनुलाई अनौठो मान्न नहुने देउवाको भनाइ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij