Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

उपत्यकाको निषेधाज्ञा : मुख्य सडकमा कडाइ, भित्री क्षेत्र खुल्लै, के भन्छ प्रशासन कार्यालय ?

उपत्यकाको निषेधाज्ञा : मुख्य सडकमा कडाइ, भित्री क्षेत्र खुल्लै, के भन्छ प्रशासन कार्यालय ?


  • 5.6K
    Shares

    उपत्यकाको निषेधाज्ञा : मुख्य सडकमा कडाइ, भित्री क्षेत्र खुल्लै, के भन्छ प्रशासन कार्यालय ?

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि १५ दिन सम्मका लागि निषेधाज्ञा छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले अत्यावश्यक बाहेकका सबै सेवा संचालनमा रोक लगाएको छ। जसकारण अहिले उपत्यकाका मुख्य सडक क्षेत्रका औषधी बाहेकका पसलहरु बन्द छन्।

    अत्यावश्यक काम बाहेकका सर्वसाधारणलाई हिँड्न दिइएको छैन्। हिँडेकालाई सडकमै होल्डिङ सेन्टर बनाएर रोकिएको छ। ठाउँ-ठाउँमा प्रहरी तैनाथ छन्। तर, भित्री ठाउँहरुमा भने सबै प्रकारका पसलहरु सञ्चालन भैरहेका छन्। सर्वसाधारण ओहोरदोहोर गरिरहेकै देखिन्छन्। 

    जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्नुपर्ने निर्णय गरेको छ। तर, चावहिलको कपन क्षेत्रका खाद्य सामग्रीको पसल बिहानदेखि बेलुका सम्म खुला छन्।

    त्यस्तै खाजा घर,होटल,लत्ताकपडा,बिग मार्ट खुल्लमखुल्ला सञ्चालनमा छन्। बन्द गराउन न प्रहरी पुगेको छ, न स्थानीय निकायले नै निगरानी गरेका छन्। 

    कपनको सरस्वती नगरमा भेटिएका आशिष चौलागाईंले पनि बिहानैदेखि बेलुकासम्म सबै प्रकारका पसलहरु खुला भएपनि केही अनुगमन नभएको बताए। ‘बिहानदेखि बेलुकासम्म सबै प्रकारका पसलहरु खुल्ला देख्छु,मान्छेहरूको आवतजावत त्यस्तै छ,खै मलाई त भित्री ठाउँमा निषेधाज्ञा नै लागू नभएको जस्तो लाग्छ,’उनले सुनाए।

    गोकर्णमा प्रहरी बिटकै सामुन्ने हनुमान चोकको पसल सञ्चालन छन,तर प्रहरी मूकदर्शक भएर बसेका छन्। यी ठाउँ उदाहरण मात्रै हुन्। सुन्धारा आसपास लगायतका अन्य ठाउँका होटललगायत अन्य पसल आधा सटर खोलेर सञ्चालन गरिरहेको पाइएको छ।

    ‘शनिबारबाट कडाइ गर्छौ’

    गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले शनिबारबाट नगरपालिका क्षेत्रमा नगरप्रहरी परिचालन गरी कडाई गर्ने बताए। ‘हामीले सूचना जारी गर्दा पनि टेरेका छैनन्,’उनले भने,‘आज माइकिङ गर्छौं,भोलिबाट नगरप्रहरी खटाएर कडाइ गर्छौ।’ उनले अटेर गर्ने पसल धनीहरुलाई लाठी चार्ज गर्ने पनि चेतावनी दिए। 

    के भन्छ प्रशासन कार्यालय ?

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले थप प्रहरी परिचालन गरी भित्री ठाउँमा कडाइ गर्ने बताए। ‘कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरिएको हो,जनताले पनि बुझ्नुपर्छ,सबै ठाउँमा हामी कडाइ गरिरहेका छौ,भित्री ठाउँमा पनि अनुगमन गरी प्रहरी खटाएर कडाइ गर्छौ,’उनले भने।

     

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १६:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij