२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको छ।
बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्ने भएको छ । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो ।
उक्त पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij