Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भाउजू हत्याको आरोपमा देवरलाई ३५ वर्ष कैद सजायको फैसला

भाउजू हत्याको आरोपमा देवरलाई ३५ वर्ष कैद सजायको फैसला


  • 1.9K
    Shares

    • images
    भाउजू हत्याको आरोपमा देवरलाई ३५ वर्ष कैद सजायको फैसला

    मकवानपुर । भाउजूको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला गरेको छ ।

    अदालतले भाउजूको हत्यामा संलग्न हेटौँडा उपमहानगरपालिका–१ चौकिटोल निवासी २२ वर्षीय राहुल दास(देवर)लाई ३५ वर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।

    राहुलले गत चैतमा सुतिरहेको अवस्थामा भाउजू गुडिया दासको हत्या गरेको अभियोगमा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला सुनाइएको हो । 

    जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशव कौशिकका अनुसार राहुललाई भाउजू गुडियाको हत्या र दाजु रुपेश दासको हत्या प्रयास अभियोगमा दोषी ठहर गर्दै सो फैसला सुनाएको हो । 

    अदालतले गुडियाको हत्या अभियोगमा २५ वर्ष र दाजु रुपेशको हत्या प्रयास अभियोगमा थप १० वर्ष कैद सजायको फैसला गरेको सूचना अधिकारी कौशिकले बताए । 

    अदालतले मृतक गुडिया दासको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र एक लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि दिएको छ भने घाइते दाजु रुपेश दासको उपचार खर्च पीडकले व्यहोर्नुपर्ने फैसला गरेको हो । 

    लागुऔषध सेवन गर्ने गरेका राहुलले गत चैत १२ गते राति राहुलले कोठामा सुतेकी आफ्नी भाउजू गुडिया दासमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनापछि माहिला दाजु रुपेशमाथि पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    राहुललाई भाउजू गुडिया र दाजु रुपेशले पटक–पटक सम्झाउँदै लागुऔषध छोड्न आग्रह गर्दै आएकी थिए । उक्त विषयमा चिढिएर राहुलले भाउजू गुडियालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए भने दाजु रुपेशको हत्या प्रयास गरेका थिए । राहुल हाल भीमफेदी कारागारमा रहेका छन् ।

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १९:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij