Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना संक्रमितका लागि अस्पतालको शैया उपलब्ध गराउन नसक्ने अवस्था आइसक्यो : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितका लागि अस्पतालको शैया उपलब्ध गराउन नसक्ने अवस्था आइसक्यो : स्वास्थ्य मन्त्रालय


  • 6.4K
    Shares

    कोरोना संक्रमितका लागि अस्पतालको शैया उपलब्ध गराउन नसक्ने अवस्था आइसक्यो : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोभल कोरोनाभाइरस (कोभिड–१९) संक्रमितका लागि अस्पतालको शैया नपुग्ने अवस्था आइसकेको जनाएको छ ।

    मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा संक्रमण दर डरलाग्दो गरी बढेको मन्त्रालयको निश्कर्ष छ ।

    “स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पताल राखेर हेरचाह गर्न अस्पतालका शैया उपलब्ध गराउन नसकिने भईसकेको छ”, मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, “त्यसै सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।”

    मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरू पूर्ण रुपमा बन्द गराउन जरुरी रहेको उल्लेख गरेको छ ।

    Ministry of health21.jpg

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १५:३४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij