Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित


  • 1.2K
    Shares

    • images
    बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित

    काठमाडौं ।  बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । उक्त बैठक असार १६ गते सोमबार बस्ने भएको छ । 

    बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका थिए ।

    बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् । 

    साथै बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए । 

    यसैगरी हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै भए पनि वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन भएकोमा पनि सांसदहरुले विरोध जनाएका छन् ।

    Bagmati-Pradesh-Sava-Meeting-notice.jpg

     

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १३:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij