२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ।
छ्याङ्दी हाइड्रोपावरले शेयरधनीहरुलाई आज जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। उक्त शेयरमा आजसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो भने मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रद शेयर असार २७ गतेसम्म बिक्री खुलामा रहने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।
कम्पनीको यो हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्ने छन्।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij