Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नुहाउन अरुण नदीमा पसेका १२ र १३ वर्षीया बालिका बेपत्ता

नुहाउन अरुण नदीमा पसेका १२ र १३ वर्षीया बालिका बेपत्ता


  • 2.1K
    Shares

    • images
    नुहाउन अरुण नदीमा पसेका १२ र १३ वर्षीया बालिका बेपत्ता

    काठमाडौं । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्। 

    हतुवागढी ९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

    बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्। उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन्। 

    खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहेका छन्। 

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - ०५:१८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij