Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

इमर्जेन्सी वार्डमा भयो कोरोना संक्रमितको मृत्यु

इमर्जेन्सी वार्डमा भयो कोरोना संक्रमितको मृत्यु


  • 5.3K
    Shares

    इमर्जेन्सी वार्डमा भयो कोरोना संक्रमितको मृत्यु

     बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको मृत्यु भएको हो ।

    वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए ।

    इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ । गएको २४ घण्टामा मात्रै रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा २५ सय ५२ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०४४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४७ जना नयां संक्रमित थपिएका थिए । रुपन्देहीमा हालसम्म १२ हजार ५८ जना संक्रमित भएकोमा ९ हजार ३ सय १९ जना निको भइसकेका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०७८ शुक्रवार - १३:२७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij