Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

माधव नेपालको थुनछेक बहस सुरु

माधव नेपालको थुनछेक बहस सुरु


  • 1.5K
    Shares

    • images
    माधव नेपालको थुनछेक बहस सुरु

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ ।

    विशेष अदालतमा भर्खरै थुनछेक बहस सुरु भएको हो । आजै अदालत उपस्थित भएका नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस थालिएको हो । वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन् ।

    मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

    बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।

    अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ । हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १४:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij