Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपप्रमुख चौधरीले आफ्नै 'दिदी घर' लाई ५० लाख बजेट छुट्ट्याएपछि...

उपप्रमुख चौधरीले आफ्नै 'दिदी घर' लाई ५० लाख बजेट छुट्ट्याएपछि...


  • 2.4K
    Shares

    • images
    उपप्रमुख चौधरीले आफ्नै 'दिदी घर' लाई ५० लाख बजेट छुट्ट्याएपछि...

    दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख श्यानी चौधरीले साढे दुई अर्ब बढीको बजेट प्रस्तुत गरेकी हुन्। 

    चालु आर्थिक वर्षमा तुलसीपुरले झन्डै दुई अर्ब सात करोड बराबरको बजेट प्रस्ततु गरेको थियो। मंगलबार चौधरीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि त्योभन्दा झन्डै एक करोड कम अर्थात् दुई अर्ब ६ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्। 

    कुल १७ पृष्ठ लामो बजेट प्रस्तुत गर्दा उपप्रमुख चौधरीले जब पृष्ठ नम्बर ७ को बुँदा नम्बर १२ वाचन गरिन् तब नगर सभाको १७ औं अधिवेशनमा सहभागी १८ मध्ये केही वडाध्यक्षहरूले जिब्रो नै टोकेका थिए। 

    त्यो १२ नम्बर बुँदामा उपप्रमुखकै संस्थाबारे बजेट व्यवस्था थियो। चौधरी नगर उपप्रमुख हुनुभन्दा पहिलेदेखि नै तुलसीपुर–६ डुर्मी गाउँस्थित आफ्नै घरमा उनले ‘दिदी घर’ नामक संस्था सञ्चालन गर्दै आएकी छन्। १२ नम्बर बुँदामा ‘दिदी घर’ संस्थाका लागि ५० लाख बजेट विनियोजन भएको कुरा उल्लेख छ। यो नै सरकारी तहबाट उक्त संस्थालाई बजेट परेको पहिलो पटक थियो। 

    उपप्रमुखको चौधरीले सञ्चालन गर्दै आएको संस्थाले असहाय बालबालिकालाई संरक्षण दिँदै आएको छ। सोही संस्थाकै कारण चौधरीको चर्चा सुरू भएपछि राजनीतिदेखि टाढा रहेकी उनलाई एकाएक नेकपा (एमाले) ले गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाएको थियो। 

    बुँदा नम्बर १४ मा तुलसीपुर बजारको केन्द्र भागमा रहेको एक मात्र अरनिको खेल मैदानको विकासका लागि जम्मा २० लाख विनियोजन गरिन् तर, उपप्रमुख चौधरीको संस्थालाई ५० लाख छुट्ट्याएको भन्दै पत्रकारदेखि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल रंगाएका छन्। 

    चौधरीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको दुई अर्ब ६ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्। जसमा स्पष्ट रूपमा चालु र पुँजीगत खर्च उल्लेख छैन।

    वडाध्यक्षहरूले मागे बमोजिम समयमै योजनाका कार्यक्रम पेस नगरेका कारण त्यसमा आवश्यकता अनुसार थप्ने उद्देश्यका साथ त्यसो गरिएको एक जना कर्मचारीले बताए। 

    बजेट निर्माणको काम गरेका ती  कर्मचारीका अनुसार बजेटको ठूलो हिस्सा चालुतर्फ छुट्ट्याइएको छ। चालुतर्फ एक अर्ब ३४ करोड अर्थात् ६५ प्रतिशत बजेट छ भने पुँजीगत अर्थात् विकास बजेट जम्मा ३२ प्रतिशत अर्थात् ६७ करोड ९९ लाख विनियोजन गरिएको छ। 

    त्यस्तै, वित्तीय खर्चतर्फ करिब दुई प्रतिशत अर्थात् २ करोड २६ लाख बजेट विनियोजन गरिएको छ। बजेटमा उपमहानगरका १९ वडामध्ये प्रत्येक वडाका लागि गौरवका योजनाका लागि ५० लाख गरी नौ करोड ५० लाख विनियोजन गरिएको छ।

    तुलसीपुरले लागत सहभागितामा काम गर्न चाहनेका लागि तीन करोड बजेट छुट्ट्याएको छ। त्यस्तै कालोपत्रे सडक मर्मतका लागि दुई करोड २० लाख विनियोजन गरिएको छ। जसमध्यको आधा बजेट सडक बोर्डको हो। 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १८:५२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij