Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली पुगे, ५ जना भने इरानकै जेलमा

इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली पुगे, ५ जना भने इरानकै जेलमा


  • 1.4K
    Shares

    • images
    इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली पुगे, ५ जना भने इरानकै जेलमा

    द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार भएको छ। भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल आज भारतको राजधानी नयाँ दिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ। 

    उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे रहेका छन्। उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेशमन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। उनीहरू आजै बुटवलका लागि प्रस्थान गरेको दूतावासले बताएको छ।

    इरानमा कुल १६ नेपाली रहेकोमा भारतकै सहयोगमा ११ जनाको उद्धारको प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाँकी ५ जना भने इरानकै जेलमा रहेको बताइएको छ। 

    इजरायल–इरानबीच युद्ध चर्किएसँगै इजरायलमा रहेका नेपालीहरुको उद्धारका प्रक्रिया पनि सरकारले सुरु गरेको छ। 

    नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेकोमा सोमबारसम्म ८८५ जनाले नाम दर्ता गराएको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी थिइन्।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १८:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij