२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठ सहित सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको छ ।
विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ ।
विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए भने त्यही प्रतिवेदनमाथि सुनुवाइ गर्न ६ जना न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij