Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कांग्रेस र एमालेबीच ‘टेक एण्ड पे’ व्यवस्था हटाउने सहमति

कांग्रेस र एमालेबीच ‘टेक एण्ड पे’ व्यवस्था हटाउने सहमति


  • 1.9K
    Shares

    • images
    कांग्रेस र  एमालेबीच  ‘टेक एण्ड पे’ व्यवस्था हटाउने सहमति

    काठमाडौं ।   नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा ‘टेक एण्ड पे’ व्यवस्थाको हटाउने सहमति भएको छ।

    हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचको छलफलमा यस्तो सहमति भएको थियो।

    कांग्रेस सभापति देउवाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई फोन गरी  टेक एण्ड पे व्यवस्था नहटाए विनियजन विधेयक पारित नहुने चेतावनी दिएसँगै प्रधानमन्त्री ओली र  देउवा बीच मन्त्रिपरिषद् बैठक अधि छलफलमा यस्तो सहमति भएको स्रोतले जानकारी दिएको छ । 

    बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरूले विरोध गरेका थिए । 

    दुवै दलबीच माग र खपतको आधारमा पीपीए अघि बढाउने, ऊर्जा विकास मार्गचित्र–२०८१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी अघि बढाउने सहमति भएको स्रोतले बताएको छ ।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १५:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij