Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सर्वोच्च अदालतले माग्यो टिकटकर बस्नेतलाई थुनामा राख्नुको कारण

सर्वोच्च अदालतले माग्यो टिकटकर बस्नेतलाई थुनामा राख्नुको कारण


  • 2.1K
    Shares

    • images
    सर्वोच्च अदालतले माग्यो टिकटकर बस्नेतलाई थुनामा राख्नुको कारण

    काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

    प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।

    खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरेको थियो । बस्नतेले प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उनको पाटीलाई लक्षित गर्दै टिकटकमा गाली गरेकी थिईन । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १५:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij