Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५ हजार घरेलु श्रमिक युएई पठाउने अन्तिम तयारीमा सरकार

५ हजार घरेलु श्रमिक युएई पठाउने अन्तिम तयारीमा सरकार


  • 1.5K
    Shares

    • images
    ५ हजार घरेलु श्रमिक युएई पठाउने अन्तिम तयारीमा सरकार

    काठमाडौं ।  सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

    मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन् । 

    घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू अवैध र असुरक्षित बाटोबाट बिदेसिन बाध्य भएको र त्यसले थप समस्या निम्त्याएको भन्दै सुरक्षित र व्यवस्थित माध्यम अपनाउन खोजिएको मन्त्री भण्डारीले बताएका छन् । 

    यसअघि घरेलु श्रमिक पठाउन रोक लगाउने निर्देशन दिएको संसदीय समितिले नै हालै ओमान र युएईको अध्ययन भ्रमणपछि नयाँ निर्देशन दिएको थियो  भने सोही निर्देशनअनुसार नेपालसँग श्रम सम्झौता भएका र तुलनात्मक रूपमा राम्रो व्यवस्था भएका मुलुकमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको छ ।

    पाइलट प्रोजेक्टअन्तर्गत श्रमिकलाई शून्य लागतमा पठाइने र सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समेत मन्त्री भण्डारीको भनाइ छ । श्रमिकलाई युएई पठाउनुअघि नेपालमै डेढ महिनाको आवासीय तालिम दिइने छ ।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १४:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij