२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तारकेश्वर नगरपालिकाको १७ औं नगर सभा मिति २०८२ असार १० गते, मंगलबार नगरपालिकाको सभाहलमा भव्य रूपमा सुरु भएको छ।
कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनज्यूको सभाध्यक्षतामा उद्घाटन सत्र प्रारम्भ भएको छ।
दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रममा नगर उप प्रमुख सृजना बुर्लाकोटी अर्यालज्यू उपाध्यक्षको रूपमा तथा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यज्यू सभा सचिवको रूपमा सहभागीता रहेको थियो। उक्त कार्यक्रममा सबै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख महर्जनज्यूले कार्यक्रमको औपचारिक सुरुवात गर्दै उपस्थित सबै अतिथिहरुलाई मालाले स्वागत तथा सम्मान गर्नु भएको थियो। नगर प्रमुखज्यूकै आयोजनामा सम्पन्न कार्यक्रमको वातावरण आत्मीय र गरिमामय देखिएको थियो।
नगरपालिकाको “पहिचान, अपनत्व र अधिकारस् दिगो विकासको आधार” भन्ने नारालाई आत्मसात गर्दै नगर सभा अघि बढ्ने संकेत दिइएको छ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij