२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएपनि त्यसप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।
दुई दलले मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गरेका हुन् ।
यी दुई दलले समय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै साथै सत्य तथ्य छानबिनको माग गर्दै आएका छन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेपनि दुई दलले विरोधलाई निरन्तरता दिएका हुन् । समितिको नेतृत्वमाथि नै दुई दलले अविश्वास प्रकट गरेको छ ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा गराएको जानकारी अनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij