Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध


  • 1.2K
    Shares

    • images
    पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

    काठमाडौं । सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । 

    मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए ।

    आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए। 

    फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए । 

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १०:५९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij