२०८२ चैत्र १ गते आइतवार
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाकी ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा। गोवीन्द रोकायाले बताए।
उनका अनुसार ४० वर्षीय पुरुष बिहीबारै अस्पताल भर्ना भएका थिए। महिला केही दिनदेखि होम आइसोलेसनमा थिइन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि बिहीबारै अस्पताल भर्ना गरिएको हो। उनीहरूको बिहीबार राति मृत्यु भएको रोकायाले बताए।
अहिले अस्पतालमा ६० जना संक्रमित उपचाररत छन। ती मध्ये २५ जनाको अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको र भने ४ जना भेन्टिलेटरमा रहेका छन्। अस्पतालमा ८० जना संक्रमितलाई राखेर उपचार गर्ने क्षमता रहेको डाक्टर रोकायाले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij