Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कतारमा मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

कतारमा मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू


  • 1.6K
    Shares

    • images
    कतारमा मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

    काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो । 

    दूतावासले शान्तपूर्वक रहन र कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।

    राजदूतावासले भनेको छ, "वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ ।"

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - ०३:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij