Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यो सरकार २/३ वटा काण्ड लुकाउन मात्रै आएको रहेछ, अब ढल्नुपर्छ: डा. वाग्ले

यो सरकार २/३ वटा काण्ड लुकाउन मात्रै आएको रहेछ, अब ढल्नुपर्छ: डा. वाग्ले


  • 2.1K
    Shares

    • images
    यो सरकार २/३ वटा काण्ड लुकाउन मात्रै आएको रहेछ, अब ढल्नुपर्छ: डा. वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार मुलुक र लोकतन्त्रको हितमा नरहेको भन्दै यो ढल्नुपर्ने बताएका छन्।

    दुई तिहाइको बहुमत पाएको सरकारले सुशासन र विकासमा काम गर्नुको साटो केही काण्डहरू लुकाउन मात्र केन्द्रित भएको उनको आरोप छ। डा. वाग्लेले आफ्नो पार्टीको आधिकारिक धारणा नै वर्तमान सरकार ढाल्नुपर्छ भन्ने रहेको स्पष्ट पारे।

    ‘यो सरकारले दुई तिहाइको नाममा राज्य संयन्त्र कब्जा गर्ने र विसंगतिलाई मौलाउन दिने काम गर्‍यो,’ उनले भने, ‘सुशासन कायम गर्ला, अर्थतन्त्रलाई तङ्ग्र्याउला भनेको त यो २/३ वटा काण्ड लुकाउन मात्र आएको रहेछ। त्यसैले यो सरकार लोकतन्त्रका लागि अहितकर छ।’

    रास्वपाले विगतमा छोटो समय सरकारमा रहेर पनि परिणाम दिन सकिन्छ भन्ने प्रमाणित गरेको उनले दाबी गरे। ‘हाम्रा चारै जना मन्त्रीले कुनै बदनामी र काण्डबिना शिक्षा, श्रम, खेलकुद र गृह मन्त्रालयमा राम्रो काम गर्नुभयो,’ उनले भने, ‘हामी भ्रष्टाचारमा लिप्त हुँदैनौं भन्ने देखाउन पनि सरकारमा गएका थियौं।’

    सरकार ढलेपछिको अवस्थाबारे बोल्दै डा. वाग्लेले रास्वपाले नयाँ बन्ने सरकारलाई बाहिरैबाट समर्थन गर्न सक्ने संकेत गरे। ‘पार्टीभित्र सरकारमा जानुहुँदैन भन्ने मतलाई उच्च सम्मान गर्दै, नयाँ समीकरणलाई प्राविधिक रूपमा संख्या मात्र आवश्यक परे दिन सकिन्छ,’ उनले भने।

    उनले देश परिवर्तनका लागि ‘सेतो घोडामा चढेर आउने एक व्यक्ति’ को भ्रममा पर्न नहुने तर ५-७ जना असल र क्षमतावान् व्यक्ति नेतृत्वमा पुगे देशले छोटो समयमै कायापलट गर्न सक्नेमा जोड दिए।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १८:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij