Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


  • 1.0K
    Shares

    • images
    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौं । चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    आज सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, नेपालका लागि दक्षिण अफ्रिकाकाका राजदूत अनिल सुकलाल, गणतन्त्र एंगोलाका राजदूत क्लेमेन्ट पेड्रो फ्रान्सिस्को क्यामेन्हा र गणतन्त्र अर्जेन्टिनाका राजदूत मारियानो अगस्टिनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

    उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो भने नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सबार गराइएको थियो । 

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १५:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij