Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा

इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा


  • 1.7K
    Shares

    • images
    इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा

    काठमाडौं । सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी दिएकी हुन् । 

    ‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् । 

    उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको उनको भनाइ छ । 

    ११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको सो क्रममा परराष्ट्र मन्त्री डा. राणाले जानकारी दिइन् । 

    यसैगरी ५ जना नेपाली नागरिक गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको उनको भनाइ छ । 

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १३:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij