२०८२ चैत्र १ गते आइतवार
कोरोना संक्रमण भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको उपचार जारी छ।
अस्पतालका अनुसार बिहीबार साँझदेखि उनको उपचार प्लाज्मा थेरापीबाट थालिएको छ।
श्वासप्रश्वासमा समस्या तथा अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी शाहलाई बुधबार साँझदेखि आईसीयूमा राखिएको हो।
आज पनि उनलाई हिजोको जस्तै हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको चिकित्सकले बताएका छन्।
नर्भिकमै उपचारत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्।
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र अक्सिजनको सपोर्ट दिनु नपरेको नर्भिकले जनाएको छ।
कोरोना संक्रमित पूर्वराजपरिवार गत शनिबारदेखि नर्भिक अस्पतालमा उपचाररत छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij