Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

५० करोड चुक्तापुँजी भएका कम्पनीहरूलाई आईपीओ निष्काशन अनुमति

५० करोड चुक्तापुँजी भएका कम्पनीहरूलाई आईपीओ निष्काशन अनुमति


  • 1.4K
    Shares

    • images
    ५० करोड चुक्तापुँजी भएका कम्पनीहरूलाई आईपीओ निष्काशन अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै सञ्चालन अनुमति पाएका तथा ५० करोडको चुक्तापुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउने नयाँ नीति व्यवस्था गरेको छ ।

    बोर्डले कम्पनीहरूलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थामा परिमार्जन गरेको छ  भने विगतमा यातायात, सञ्चार र ऊर्जामा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै बोर्डले लगानी क्षेत्र विस्तार गरेको छ । 

    बोर्डले सङ्गठित संस्था र लगानी कम्पनीले आईपीओ निष्काशन गर्दा कम्तीमा विगत ३ वर्ष सञ्चालनमा रही पछिल्लो २ आर्थिक वर्षमा मुनाफा गरेको हुनुपर्ने, कम्पनीको प्रतिसेयर नेटवर्थ अङ्कित मूल्यभन्दा बढी भएको हुनुपर्ने र चुक्तापुँजी कम्तीमा ५० करोड भएको हुनुपर्ने व्यवस्था गरेको छ । 

    आईपीओ निष्काशन गर्ने लगानी कम्पनीहरूले बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित सङ्गठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्ने समेत व्यवस्था गरेको छ । 

    ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको सङ्गठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij