२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । निषेधाज्ञा उल्लंघन आरोपमा रूपन्देहीमा तीन जना जेल चलान भएका छन्।
कोरोना रोकथामका लागि त्यहाँ जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा अटेर गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई संक्रामक रोग ऐन २०२०, दफा ३ उपदफा (२)बमोजिम एक महिनाका लागि जेल पठाइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको थियो र सबैलाई जनही ९ हजार १ सय रुपैयाँ जरिवाना तिर्न भनिएको थियो। तर तीमध्ये ३ जनाले जरिवाना तिर्न नसकेपछि उनीहरूलाई एक महिनाका लागि कारागार पठाइएको हो।
प्रहरीका अनुसार जिल्लाका सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार पठाइएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij