Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अमला रोकाको थुनछेक बहस आज पनि जारी

अमला रोकाको थुनछेक बहस आज पनि जारी


  • 1.5K
    Shares

    • images
    अमला रोकाको थुनछेक बहस आज पनि जारी

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस हुँदैछ । 

    आइतबारदेखि रोकाविरुद्ध थुनछेक बहस सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएमा रोकालाई थुनामा पठाउने कि पुर्पक्षका लागि थुना बाहिर राख्ने भन्ने टुङ्गो लाग्नेछ ।

    उनलाई प्रहरीले शुक्रबार टोखाबाट पक्राउ गरेको थियो । नेकपा माओवादी केन्द्रनिकट मानिने रोका उक्त तस्करीमा पक्राउ परी थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

    राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।  उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता रोका फरार रहँदै आएकी थिइन् ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ११:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij