Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दरमखोला हाइड्रोको आइपीओ आजदेखि खुला बिक्री

दरमखोला हाइड्रोको आइपीओ आजदेखि खुला बिक्री


  • 1.7K
    Shares

    • images
    दरमखोला हाइड्रोको आइपीओ आजदेखि खुला बिक्री

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आइपीओ आजदेखि बिक्री खुला भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ ल्याएको छ।  बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रोलाई जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ भने कम्पनीले १०० रुपैयाँ अंकिद दरका कुल ३९ लाख ५० हजार कित्ता आइपीओ ल्याउने अनुमति पाएको छ।

    कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने गरी १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई छुटाएको छ । 

    सर्वसाधारणलाई २९ लाख १९ हजार ५०० कित्ताशेयरको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्ने भएको छ। 

    दोस्रो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ५८ हजार ३९० कित्ता कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने छ।

    उक्त आइपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्ने छन्। यस समय अवधिभित्र स्थानीयका लागि जारी आइपीओ पूर्ण रुपमा बिक्री नभएको खण्डमा जारी अवधि साउन ६ गतेसम्म लम्बिन सक्ने छ।

    वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी-आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

     स्थानीयले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन्।

     

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १०:२२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij