Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाढीले डाइभर्सन बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध


  • 1.3K
    Shares

    • images
    बाढीले डाइभर्सन बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

    काठमाडौं  । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।

    पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको  डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ । यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ । 

    यससँगै  सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ०९:४९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij