Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली

अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली


  • 1.7K
    Shares

    • images
    अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली

    काठमाडौं । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । 

    कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौँ आइपुगेका हुन् । 

    सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज आइतबार भेट पाएका हुन् ।  बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए । 

    प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे । 

    प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १६:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij