Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो


  • 1.4K
    Shares

    • images
    तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार (आज) बिहान दोस्रोपटक भाँचिएको हो ।

    वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ ।

    कालिका – कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो । ०७८ सालबाट निर्माण सुरु गरिएको उक्त पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौँथो स्पान भाँचिएको हो ।

    पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका ’boutमा प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १४:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij