Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बलात्कार मुद्दामा दुई महिनादेखि फरार छन् पूर्वप्रदेश प्रमुख राजेश अहिराज

बलात्कार मुद्दामा दुई महिनादेखि फरार छन् पूर्वप्रदेश प्रमुख राजेश अहिराज


  • 1.8K
    Shares

    • images
    बलात्कार मुद्दामा दुई महिनादेखि फरार छन् पूर्वप्रदेश प्रमुख राजेश अहिराज

    काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजविरूद्ध पक्राउ पुर्जी जारी भएको दुई महिना बित्दा पनि पक्राउ परेका छैनन्।

    अहिराजले काठमाडौंको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले उनको खोजी जारी रहेको बताए।

    ‘खोजी भइरहेको छ। फेला पर्न सकेका छैनन्,’ उनले भने। अहिराजविरूद्ध पक्राउ पुर्जी जारी भएको खबर पाएपछि भारत भागेको हुनसक्ने स्रोतले बतायो।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन।

    अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्।

    स्रोतका अनुसार घटना २०८१ जेठ ४ गतेको हो।

    अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ।

    बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्। तर परिसरले त्यस घटनाबारे हाजिर दर्ता गर्न खोजे पनि प्रहरीले लिन नमानेको आरोप पीडितको छ।

    पटकपटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्। उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन्।

    पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो। कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो। सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

    अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १४:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij