Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भारतमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको उद्धार

भारतमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको उद्धार


  • 1.6K
    Shares

    भारतमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको उद्धार
    images

    आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाइ भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार गरिएको छ।

    नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। 

    घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्थाको सहयोगमा असार ५ गते उद्धार कार्य सम्पन्न गरेको हो।

    उद्धारपछि घटनासँग संलग्न केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ भने अन्य स्थानमा अझै पनि नेपालीहरू बन्दी बनाइएका हुन सक्ने आशंकामा खोजी र उद्धार कार्य जारी रहेको दूतावासले बताएको छ। 

    दूतावासले उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्काइने जानकारी दिएको छ।

    प्रकाशित मिति :आषाढ ७ २०८२ शनिवार - २०:११:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij