Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्घटना अपडे

चितवन दुर्घटना अपडेट : मृतक र घाइतेहरूको पहिचान खुल्यो (विवरणसहित)

चितवन दुर्घटना अपडेट : मृतक र घाइतेहरूको पहिचान खुल्यो (विवरणसहित)


  • 6.0K
    Shares

    • images
    चितवन दुर्घटना अपडेट :  मृतक र घाइतेहरूको पहिचान खुल्यो (विवरणसहित)

    काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा भएको दुर्घटनामा घाइते भएका २४ जनाको पहिचान खुलेको छ। घटनामा ७ जनाको मृत्यु भएको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी भ्यान शनिबार बिहान करिब ११ बजे ठोक्किँदा सो दुर्घटना भएको हो।

    दुर्घटनामा घाइते भएका २४ जनाको नाम चितवन प्रहरीले सार्वजनिक गरेको छ। घाइते हुनेहरूमा हेटौंडा उपमहानगरपालिका–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन्। मध्यम घाइतेहरूमा हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहबिर घलान, हेटौंडा–४ का ३१ वर्षीय बिष्णु लम्साल, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल, र कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी रहेका छन्।

    सामान्य घाइतेहरूमा झापा गौरादह–९ की ६७ वर्षीया उमा बराल, झापा गौरादह–६ का ७० वर्षीय टिका न्यौपाने, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन, कञ्चनपुर पूरनवास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा र ६९ वर्षीय जम बहादुर थापा, कैलाली लम्कीचुवा–८ का ४५ वर्षीय जम बुढा, लम्कीचुवा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा र ४८ वर्षीय बलसिंह बुढा, कैलाली गोरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी, कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी, मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी, रौतहट चपुर–७ का ४५ वर्षीय वुलटन साह कानु, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा, अछाम साफेबगर–१० का ३२ वर्षीय अर्जुन बहादुर राउत, रुकुम पश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली, र मकवानपुर बकैया गाउँपालिका–४ की २६ वर्षीया अनिसा घिमिरे छन्।

    घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय भण्डारा, खैरहनी र टाँडीबाट खटिएको टोलीसहित ४५ जना सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। 

    दुर्घटनामा परेका सवारीसाधन हटाएर राजमार्ग दिउँसो १२ः ०५ बजेपछि सञ्चालनमा ल्याइएको थियो। मृतकको सनाखत र विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ७ २०८२ शनिवार - १५:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij