२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भ्रष्टाचार मुद्दामा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन्।
उनीविरुद्ध २०८१ पुष १४ गते मुद्दा दायर भएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ। अदालतले १३ करोड १२ लाख रुपैयाँ अवैध सम्पतीलाई वैध गरेको पाइएको पनि ठहर गरेको छ।
उनीविरुद्ध के सजाय हुने भन्नेबारे आदेश गर्न भने विशेष अदालतले असार १६ गतेलाई पेसी तोकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij