Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बीपी राजमार्गमा राति गाडी चलाउन रोक

बीपी राजमार्गमा राति गाडी चलाउन रोक


  • 1.5K
    Shares

    • images
    बीपी राजमार्गमा राति गाडी चलाउन रोक

    काठमाडौं । सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।

    काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो । काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्या र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोक्ने व्यवस्था गरिने उनले सुनाए ।

    ‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्‍याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ शर्माले जानकारी दिए । उनले निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए ।

    यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्। असोजको बाढीपहिरोले यो राजमार्गमा नराम्ररी क्षति पुर्‍याएको थियो ।

     

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १६:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij