२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष प्रभु नारायण चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष चौधरीलेनेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिन्नाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
चौधरी २०७७ चैत्र २५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये मिति २०७८ वैशाख १४ गते बसेको संचालक समितिको बैठकबाट अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका थिए ।
महुली लघुवित्तले नव किरण लघुवित्तलाई गाभेर मिति २०७७ मंसिर ८ गतेदेखि एकिकृत वित्तीय कारोवार शुरु भएको हो । दुई संस्था मर्जर पश्चातको उक्त आठौं साधारण सभा एकिकृत रुपमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij