Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

प्रतिनिधिसभा बैठक

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक


  • 1.7K
    Shares

    रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक
    images

    काठमाडौं । सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बहिस्कार गरेको छ । सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै सो पार्टीले बैठक बहिस्कार गरेको हो । 

    त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो । 

    रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् । यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो । 

     

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - ११:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij