Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गोरखामा कोरोना संक्रमित युवकले गरे आफै बसेको कोठा भित्र झुण्डिएर आत्महत्या

गोरखामा कोरोना संक्रमित युवकले गरे आफै बसेको कोठा भित्र झुण्डिएर आत्महत्या


  • 8.7K
    Shares

    गोरखामा कोरोना संक्रमित युवकले गरे आफै बसेको कोठा भित्र झुण्डिएर आत्महत्या

    गोरखा ।  गोरखा नगरपालिका–१४  स्थित याङकोटमा घरमै आइसोलनमा बसेका एक कोरोना संक्रमितले आत्माहत्या गरेका छन्  । भारतबाट फर्किएर संक्रमण पुष्टी भएपछि आइसोलेसनमा बस्दै आएका ३६ बर्षका सुब्बा उप्रेतीले आफै बसेको कोठा भित्र झुण्डिएर आत्माहत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

    संक्रमित युवकले कोठामा भित्र राती सलको पासो लगाएर भुण्डिएको अबस्था मृत फेला परेको उहाँको भनाई छ । गएकोे चैत २६ गते नेपाल आउनु भएका उहाँलाई बैशाख १० गतेमात्र कोरोना संक्रमणको पुष्टी भएको थियो ।

    युवकमा कोरोना पुष्टी भएपनि परिवारका सवै सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वांब परीक्षणका लागि पठाइएका परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टी भएपनि युवक मानसिक तनावमा परेको हुनसक्ने आंशका प्रहरीले गरेको छ । युवक भारतको एक कपडा कारखनामा काम गर्दैै आउनु भएको थियो ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १५:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij