Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्घटना

काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना


  • 2.5K
    Shares

    • images
    काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना

    काडमाडौं । काठमाडौंबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस आज दिउँसो १ बजे ओखलढुङ्गामा दुर्घटना भएको छ।

    सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बस दुर्घटना भएको हो। बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक  मदन के.सी.ले जानकारी दिए। 

    घाइतेहरूमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका ३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका ८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका १ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन्।

    सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ।

    बसमा सवारमा घाइतेहरूलाई उपचारको लागि मेडिकल पोलिक्लिनिक रमाईलोडाँडा उपचार भइरहेको र उनीहरूको अवस्था तत्काल सामान्य रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको, उक्त बस घटनास्थलबाट निकाल्ने पहल भइरहेको उनले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १४:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij