Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज देखि शुरु भयो यूपिएफको अन्तराष्ट्रिय सम्मेलन, के-के विषयमा गर्दैछन् छलफल ?

आज देखि शुरु भयो यूपिएफको अन्तराष्ट्रिय सम्मेलन, के-के विषयमा गर्दैछन् छलफल ?


  • 5.6K
    Shares

    आज देखि शुरु भयो यूपिएफको अन्तराष्ट्रिय सम्मेलन, के-के विषयमा गर्दैछन् छलफल ?

    काठमाण्डौ र उतरपूूर्वि एशियामा शान्तिको पहलकदमी अभियान अन्र्तगत युनिर्भसल पीस फेडेरेसनको अन्तराष्टिय सम्मेलन आजबाट शुरु गरेको छ । 

    यहि बैशाख १६ देखि १८ सम्म सञ्चालन हुने भर्चुअल सम्मेलनलाई उत्तरपूर्वि एशिया क्षेत्रका दजनौ देशहरूबाट ५ हजार भन्दा बढी प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।

     सम्मेलनको उद्घाटन सत्रमा फिलिपिन्सका पूर्व सभामुख जोसे डे भेनेसिया, युफिएफ अन्तराष्ट्रिका अध्यक्ष डा।थोमस जि बाल्स लगायतले सम्बोधन गर्ने छन् । 

    बिश्व एकताको आधारसिला मार्फत कोरियन प्रायदिप शान्तिपूर्ण एकिकरण प्रयास बिषयमा हुने छलफलमा  राष्ट्रप्रमुखहरू, सांसदहरू, अन्तरधार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षाविद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू, र युवा तथा विद्यार्थी नेतृत्वहरू कलाकारहरुकोे सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल गरिने छ ।  

    सम्मेलनमा उतरपूर्बि एशिया र बिश्व शान्तिको योगदानमा सरकार र राजनैतिक नेतृत्वको भूमिकाको बारेमा छलफल हुनको साथै साही बिषयमा सांसदहरुको भूमिका, घार्मिक नेतृत्वको भूमिका, संञ्चार क्षेत्रको भूमिका, प्रथम महिला र महिला नतृको भुमिका, शैक्षिक क्षेत्र, ब्यब्सायी तथा कला र संस्कृतिको भूमिका के हुन सक्छ भन्ने बारेमा बृहत छलफल हुनेछ । 

    सम्मेलनमा  नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्री हिसीला यमी पूर्वमन्त्री एकनाथ ढकाल लगायतका नेताहरुको सम्बोधन रहेको छ । कोभिड संक्रमणबाट यति बेला बिश्व आक्रान्त भईरहेको बेला बिश्वका साझा समस्याका बारेमा पनि सम्मेलनमा छलफल हुनेछ ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १५:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij