Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रदर्शन

इजरायल–इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

इजरायल–इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन


  • 1.2K
    Shares

    इजरायल–इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौं । इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो ।

    युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।गत जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो ।

    लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रिएको थियो । उक्त क्रम विगत ६ दिनदेखि जारी छ ।इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।

    images
    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १२:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij