Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)


  • 6.9K
    Shares

    यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)

    कोरोनाभाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि विभिन्न देशका १५ वटा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन्।

    कोरोना संक्रमण तीव्र रहेका ८ जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले १७ देखि २५ वैशाखसम्म निषेधाज्ञा आदेश जारी गरेको छ।

    बाग्लुङ, कालिकोट, बाँके, बर्दिया, सुर्खेत र कास्कीमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ।

    सरकारले पहाडी र हिमाली जिल्लामा २०० र शहरी तथा काठमाडौंमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएपछि स्थानीय प्रशासन अर्थात् प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सल्लाहमा निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको छ।

    निषेधाज्ञा  लागू भएका जिल्ला :

    बाग्लुङ : ७ देखि १७ वैशाख
    कालिकोट : १० देखि १७ वैशाख
    बाँके : १३ देखि २० वैशाख
    बर्दिया : १३ देखि १९ वैशाख
    सुर्खेत : १४ देखि २० वैशाख
    कास्की : १५ देखि ३० वैशाख
    काठमाडौं : १६ देखि ३० वैशाख
    ललितपुर :  १६ देखि ३० वैशाख
    भक्तपुर : १६ देखि ३० वैशाख
    पर्सा : १६ देखि २२ वैशाख
    चितवन : १६ देखि ३१ वैशाख
    दाङ : १७ देखि २५ वैशाख
    रुपन्देही : १६ देखि ३० वैशाख
    कैलाली : १६ देखि २२ वैशाख
    कञ्चनपुर : १६ देखि २२ वैशाख

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १३:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij