Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराष्ट्रपति भण्डारीले एमालेको भावी अध्यक्षको तयारी गरेपछि शशंकित ओलीसँग बालुवाटारमा भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारीले एमालेको भावी अध्यक्षको तयारी गरेपछि शशंकित ओलीसँग बालुवाटारमा भेटवार्ता


  • 1.7K
    Shares

    • images
    पूर्वराष्ट्रपति भण्डारीले एमालेको भावी अध्यक्षको तयारी गरेपछि शशंकित ओलीसँग बालुवाटारमा भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। 

    मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको स्रोतले जनाएको छ। 

    ओलीकै प्रस्तावमा दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    भेटमा राष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी छन्। 

    एमालेको भावी अध्यक्षको आकांक्षासहित पूर्वराष्ट्रपति भण्डारी एमालेमा पुनः सक्रिय हुन खोजेपछि आोली भण्डारीप्रति शशंकित छन्। 

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - ०५:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij