Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धरौटी बुझाएर अदालतबाट बाहिरिए रवीन्द्र मिश्र

धरौटी बुझाएर अदालतबाट बाहिरिए रवीन्द्र मिश्र


  • 1.3K
    Shares

    • images
    धरौटी बुझाएर अदालतबाट बाहिरिए रवीन्द्र मिश्र

    काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिएका छन् । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    लगत्तै, उनी धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

    मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

    गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

    सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १८:००:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij