Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटना

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेशको पर्खाइ

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेशको पर्खाइ


  • 1.3K
    Shares

    • images
    रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेशको पर्खाइ

     काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।  सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । 

    उनीहरुले धरौटी समेत माग नगरी साधारण तारेखमा छाड्न माग गरेका छन् । सुनुवाइ सकिएकाले आदेश लेखनमा इजलास जुटेको छ ।थुनछेक बहसको अन्तिममा मिश्रले आफ्नो भनाइ राखेका थिए । उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका हुन् । 

    आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने पनि जिकिर उनले गरे । उनले यसअघि गत वैशाख १० गते जिल्ला र जेठ २ गते सर्वोच्चमा आमाको कसम खाएका थिए ।

    तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन्। गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।  

    तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

    सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।  सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १६:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij