Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धरानका मेयर-उपमेयरबीच फेरि चर्कियो विवाद

धरानका मेयर-उपमेयरबीच फेरि चर्कियो विवाद


  • 1.3K
    Shares

    • images
    धरानका मेयर-उपमेयरबीच फेरि  चर्कियो विवाद

    काठमाडौं । मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा धरान तनावग्रस्त बनेको छ ।

    श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन् । मंगलबार दुवै पक्ष आम्ने साम्ने भएपछि यहाँ एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।

    दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ ।

    हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका छन् । माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् ।

    साम्पाङका समर्थक र उपमेयर बेघासम्वद्ध माओवादीका कार्यकर्ता आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो । वडा नम्बर १६ मा ग्याबिन जाली राख्न श्रमदानबाट गरिएको कामको डोर हाजिर बनाएर भुक्तानी मागिएपछि त्यसलाई बेघाले रोकेका थिए ।

    पहिले सकिएको कामलाई कानूनविपरीत निकासाका लागि दबाब दिएको र आफूले अनुगमन र समर्थन गर्न नसक्ने बेघाको अडान छ ।मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर बचाउन तत्काल काम गरिएको प्रष्टीकरण दिएका छन् ।

    नेकपा माओवादी केन्द्र धरान कमिटी अध्यक्ष उद्धव लिम्बूले मेयरले आफ्ना समर्थकलाई उचालेर उपमेयरमाथि अभद्र व्यवहार गराएको आरोप लगाएका छन् ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १५:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij